साउने मेला समापन हुँदै

काठमाडाैं | साउन ३०, २०७९

साउने मेला समापन हुँदै

 

साउन महिनाको अन्तिम सोमबार आज हिन्दू परम्पराअनुसार  साउने मेला समापन हुँदैछ ।  आज पनि जिल्लाका जलेश्वरनाथ, टुटेश्वरनाथ, सिद्धनाथ र मङ्लनाथसहितका प्रसिद्ध शिवालयमा एकाबिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मधेसको प्राचीन मिथिला क्षेत्रमा साउन महिना भगवान् शिवको प्रिय महिनाको रुपमा लिइन्छ । 

 

साउनको सोमबार शिवका उपासकले व्रत बसी पूजा आराधना गर्दछन् । मैैथिल परम्परामा तीर्थ, व्रत र धार्मिक अनुष्ठान प्राय चन्द्रमासका आधारमा गर्ने  चलन छ तर वैशाख सङ्क्रान्तिको जुडशीतल, साउने सङ्क्रान्ति, असोज सङ्क्रान्तिको विश्वकर्मा पूजा र माघ सङ्क्रान्तिका दिन मनाइने तिलासक्रायत  पर्व सौरमासको आधारमा मनाइन्छन् । 

 

मास गणनाको आधारमा साउने मेला सौरमास र चन्द्रमास दुबैभित्र परेका सोमबार अति उत्तम मानिन्छन् । दुबै मासभित्र यसपाली साउनमा २,९, १६ र २३ गते गरी चार सोमबार परेका थिए । सौरमासको गणनाले आजको सोमबार साउनमै परेपनि चन्द्रमासको गणनाले तीन दिन पहिले नै भदौ लागिसकेको छ । यद्यपि साउने व्रत लिएका वर्तालुले आज पनि पूर्ववत् निष्ठाका साथ व्रत लिएका छन् । 

 

शिव अनुष्ठानका लागि विशेष दिन जुराउनु पर्ने भए पनि व्रत भने आज पनि लिन मिल्ने बर्दिबास–२ का पण्डित महेशकुमार झाले बताउनुभयो । 

 

साउने सोमबारका वर्तालुले आज शिवालयका शिवलिङगमा जल, पूmल, गाईको दूध र बेलपत्रसहित सामग्री चढाएर व्रत समपन्न गरेको पुकारा गर्छन् । यस व्रतका प्रभावले यस जन्ममा सुख, शान्ति, समृद्धि, कल्याण र मृत्युपछि कैलासबास पाइन विश्वास गरिन्छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्